Tuesday, January 18

उपत्यकामा नि’षेधाज्ञा जेठ ३१ सम्म थ’पियो, खाद्य पसल, डिपार्टमेन्ट स्टोर खुल्ने !

June 3, 2021 288

उपत्यकामा नि’षेधाज्ञा जेठ ३१ सम्म थ’पियो, खाद्य पसल, डिपार्टमेन्ट स्टोर खुल्ने !
काठमाडौँ ।काठमाडौँ उपत्यकामा नि षेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म नि षेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसप समेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलफूल थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न पाइने छैन । स्थानीय ढुवानी राति ९ बजेपछि बिहान ९ बजेसम्म मात्र गर्न पाउने छ ।

तरकारी फलफूल, खाद्यान्न दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर र वर्कसपले कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ । यसैगरी, अनिवार्य सेनिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमन क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्