Thursday, May 6

चर्चित नायिका विपना थापाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

December 14, 2020 334

काठमाडौं । आज चर्चित नायिका विपना थापाको जन्मदिन परेको छ । आज अर्थात मंसिर २९ गते सोमबार उनको जन्म दिन परेको हो ।

चलचित्र जन्मभुमीबाट नेपाली क्षेत्रमा पाइला टेकेकी उनको जन्मदिनमा बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । अप्सरा, आगो, मितिनी,सहिद गेट, मामा भान्जा जस्ता हिट चलचित्रमा अभिनय गरेकी थापा पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा रहेकी छिन् ।

भारतको उत्तर प्रदेशस्थित मथुरामा चिकित्सा पेशामा आवद्ध आशुतोष भारद्वजसंग विवाह गरेपछि उनि भारतकी बुहारी बनेकी हुन् । भारतिय बुहारी बनेपछि उनि नेपाली चलचित्र क्षेत्रबाट टाढा रेहकी हुन् । उनका एक छोरा रहेका छन् ।

प्रतिकृया दिनुहोस्