Wednesday, June 16

दोस्रो पटकको कोरोना सङ्क्रमणसँग हारे प्रहरी हवल्दार भण्डारी

June 3, 2021 138

दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएका नेपाल प्रहरीका हवल्दार वेदराज भण्डारीको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भण्डारीको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

जेठ १६ गते कोरोना पुष्टि भएपछि ४० वर्षीय भण्डारी त्यसको भोलिपल्ट अर्थात १७ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले केटिएम दैनिकलाई बताए । उनका अनुसार उनमा मधुमेहको पुरानै समस्या थियो ।

विराटनगर –३ घर भएका भण्डारी नेपाल प्रहरीको सिआरभी पोस्ट कटहरीमा कार्यरत थिए । उनलाई पहिलो पटक जेठ ३ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई उपचारपछि निको भएका भण्डारी दोस्रो पटकको सङ्क्रमणसँग हारे ।
मोरङमा हालसम्म दुई प्रहरी निरीक्षकसहित ४१ जना प्रहरी कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्