Saturday, January 22

फेरी अर्को भाईरस देखियो चीनमा , ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारकाे बर्ड फ्लु पहिलाे पटक पुष्टि , विश्वभर फेरी ख,तराको घन्टी

June 3, 2021 322

काठमाण्डाै – चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पाइएको छ । NH10N3 (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ ।यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी सङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता सङ्क्रमणको पहिचान भएको थियो । अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् ।बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको घटना कहिलेकाहीँ सुनिन्छ ।

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु देखिएन ।बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी) ले मङ्गलवार बताएअनुसार सङ्क्रमण पुष्टि भएका ती व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो ।

काठमाडौं । बिहिबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ५४ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २०पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७८ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्