Thursday, September 23

काठमाडौको टेकुमा भिषण आगलागी, कसले लगायो आगो ?

June 3, 2021 345

काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आगलागी भएको छ। फोहर मैला संकलन गर्ने स्थानमा भएका तारहरुमा अचानक आगो लागेको बताइएको छ । त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारवाट आगलागी सुरु भएको हो ।

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। कसरी आगलागी भयो ? कति क्षति भयो भन्ने खुलिसकेको छैन। आगलागी भएपछि काठमाडौंको दमकलका साथै सेना र शसस्त्र प्रहरीले स्थानियको सहयोगमा आगो निभाएको थियो ।

आगलागी भएको एक घण्टामा नियन्त्रणमा आएको बताइएको छ । काठमाडौं नगर प्रहरीका डिएसपी पूर्णचन्द्र भट्टले नियोजित रुपले आगो लगाइएको हुनसक्ने आशंका ब्यक्त गरेका छन् । उनले ति ब्यक्तिको खोजी समेत थालिएको बताए । आगलागीबाट अन्य कुनै क्षति नभएको काठमाडौं महानगरले जनाएको छ ।काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आगलागी भएको छ। फोहर मैला संकलन गर्ने स्थानमा भएका तारहरुमा अचानक आगो लागेको बताइएको छ । त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारवाट आगलागी सुरु भएको हो ।

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। कसरी आगलागी भयो ? कति क्षति भयो भन्ने खुलिसकेको छैन। आगलागी भएपछि काठमाडौंको दमकलका साथै सेना र शसस्त्र प्रहरीले स्थानियको सहयोगमा आगो निभाएको थियो ।

आगलागी भएको एक घण्टामा नियन्त्रणमा आएको बताइएको छ । काठमाडौं नगर प्रहरीका डिएसपी पूर्णचन्द्र भट्टले नियोजित रुपले आगो लगाइएको हुनसक्ने आशंका ब्यक्त गरेका छन् । उनले ति ब्यक्तिको खोजी समेत थालिएको बताए । आगलागीबाट अन्य कुनै क्षति नभएको काठमाडौं महानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्