Monday, September 27

मोबाइलको पावर बैंक पड्किएर हास्य कलाकार त्रिपाठी घाइते, अस्पताल भर्ना

June 3, 2021 405

मोबाइलको पावर बैंक पड्किएर हास्य कलाकार त्रिपाठी घाइते, अस्पताल भर्ना
काठमाडौं – नेपाली जादुगरको रुपमा चिनिएका हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् ।

बुधबार राति मोबाइलको पावर बैंक पड्किएर घाइते भएका उनी स्टार अस्पताल भर्ना भएका हुन् । मोबाइलको पावर बैंक पड्किएपछि बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारपछि अहिल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्यमा सामान्य समस्या मात्र देखिएकोले उपचारपछि उनी आज नै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।

मोवाइलको ब्याट्री सकिएपछि चार्ज गर्दा एक्कासी पड्किएको उनले बताएका छन् । नेपाली जादुगर भनेर चिनिएका उनी ‘कुरि कुरि’ सिरियलमा अभिनय गर्ने गर्छन् वीरगन्ज : ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक सं’क्रमणबाट वीरगन्जमा तीन जनाको मृ,त्यु भएको छ । पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए। देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा सं’क्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन।

त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ।’ डा. सिंहले करिब एक महिना अघि वीरगन्ज कै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए। ‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको सं’क्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ।

तर, ती महिलालाई बचाउन सकिएन। त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो।’ ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृ,त्यु भएको उनले बताए । भने, ‘आठ मध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ। बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको सं’क्रमण भएको हाम्रो ठम्याइ छ।’

यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते नि’धन भएको थियो। वीरगन्जमा आठ जना बाहेक अहिले अरू कुनै पनि सं’क्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको उनले बताए। उनका अनुसार को’रो ना सं’क्रमित व्यक्तिमा को’रो ना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको सं’क्रमण देखापर्ने गरेको छ। वीरगन्जमा सं’क्रमण देखिएका आठै जना को’भिडबाट निको भइसकेकाहरूमा पाइएको उनको भनाइ छ।

उनले नेपाल र भारतमा को’रो ना संक्रमितमा देखा परिरहेको ब्ल्याक फंगस मानिसबाट मानिसमा सर्ने रोग भने नभएको बताए । भने, ‘अहिलेसम्मको रिसर्चमा ब्ल्याक फंगस हावा र माटोबाट सर्ने संक्रमण भएको पाइएको छ ।’ स्टेरोइड्स र एन्बिायोटिक औषधि सेवन गरेका तथा अक्सिजन लिएका अधिकांश को’रो ना सं’क्रमितमा ब्ल्याक फंगस बढी देखिने गरेको भन्नेतथ्य अहिलेसम्म पुष्टि नभएको उनले बताए। उनका अनुसार अहिलेसम्म को’रो ना संक्रमण भएपछि पानीको वाफ लिएकाहरूमै ब्ल्याक फंगसको सं’क्रमण बढी देखिएको छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्