Saturday, April 17

अभिनेत्रीको आत्महत्या प्रकरणमा श्रीमान् पक्राउ, होटलको कोठामा भेटिएको थियो शव

December 15, 2020 166

काठमाडौँ । दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका विजे चित्रा केहि दिन अघि एक होटलको कोठामा मृत पाइएकी थिइन्।

करिब ६ दिनको अनुसन्धानपछि चित्राका श्रीमान् हेमनाथलाई पक्राउ गरिएको छ। स्रोतका अनुसार चित्राका श्रीमानले टिभी सिरियल र अन्य कार्यक्रममा इन्टिमेट सिन दिएको भन्दै श्रीमतीलाई गाली गरेका थिए।

प्रहरीले आत्महत्याका लागि उक्साएको आरोपमा हेमनाथलाई पक्राउ गरेको हो। चित्राकी आमाले उनकी छोरीको मृत्युका लागि उनका श्रीमान् जिम्मेवार भएको आरोप लगाएकी थिइन्।

भिजे चित्रा सिरियल पान्डिउन स्टोर्सका लागि परिचित छिन्। उनी लामो समयदेखि उक्त सिरियलमा मुलईको भूमिका निर्वाह गरिरहेकी छिन्। उक्त कार्यक्रममा उनी यति चर्चित भएकी थिइन् कि मानिसहरुले उनलाई मुलई भनेर नै चिन्दथे।

प्रतिकृया दिनुहोस्