Wednesday, June 23

उदयपुरमा कोरोनाबाट एउटै परिवारका दुई छोरा र आमाको मृ’त्यु

June 3, 2021 256

कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृ’त्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृ’त्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृ’त्यु भएको थियो ।

आज बिहान होम आइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृ’त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृ’त्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए ।
हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहिवार(आज) विहान ४ बजेर ५५ मिनेटमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ गम्भिर घाइते भएका छन् । चितवनबाट हेटौंडा आउदै गरेको प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्स सोहि दिशातर्फ आइरहेको ना ६ ख ४३८० नम्बरको ट्रकको पछाडि ठ क्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए ।

दुर्घटनामा सर्लाहिको वागमति ४ का वर्ष ६६ को जित वहादुर थिङको मृत्यु भएको हो । थिङको कोरोना संक्रमण भएसंगै चितवनमा १६ दिन अगि उपचारको लागि लगिएको र कोरोना जितसंगै घर फर्कदा एम्बुलेन्स दुर्घटनामा उनको मृत्यु भएको रिमालले बताए ।

दुर्घटनामा एम्बुलेन्स चालक चितवन जिल्ला भरतपुर महानगरपालिका २८ का वर्ष २७ को मनोज कुमार घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटना हुनुमा चालक निदाएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ ।

त्यस्तै घाइते हुने सर्लाहिको वागमति ४ का बर्ष ३८ को नेमा थिङ र सोहि स्थानका वर्ष ४८ को पुर्ण बहादुर थिङको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए । उनीहरु सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । बुधबार साँझ ६ बजेको समयमा दुर्घटना हुँदा ना ५ ख १८६४ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

चालकको हेटौंडास्थित सञ्चो हस्पिटलमा र सहचालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता रिमालका अनुसार मृतक अन्दाजी ३० देखि ३५ बर्षका चालक र २५ देखि ३० बर्षका सहचालकको सनाखत हुन सकेको छैन ।

बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रक अनियन्त्रित भई अगाडि गुडिरहेको ना ५ ख ५९६३ नम्बरको ट्रकलाई ठ क्कर दिएर प ल्टि एको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभएको छ । ना ५ ख ५९६३ नम्बरको ट्रकका चालक ५० बर्षीय ध्रुब चौधरी र २० बर्षीय सहचालक विकेश चौधरी घाइते भएका छन् । घाइते दुवैजनाको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।
जिल्लामा कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । फोटो खुलासा अनलाईन बाट

प्रतिकृया दिनुहोस्