Saturday, June 19

१९ लाख ५० हजारमै डेरी ब्रान्डको इलेक्ट्रिक कार नेपालमा

June 4, 2021 120

काठमाडौं – नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक अटो होस्ट प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य सूची अनुसार डेरी ईभी ७ को मूल्य १९ लाख ५० हजार र ईएम७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले यी दुई गाडीको मूल्य क्रमशः २५ लाख ९९ हजार र २६ लाख ५० हजार रुपैयाँ थियो । सरकारले केही दिन पहिले सार्वजनिक गरेको नयाँ बजेटमार्फत इलेक्ट्रिक गाडीको कर र अन्तः शुल्क घटाए पछि यी गाडीको मूल्य घटेको हो । यसका साथै यी दुवै गाडी पहिले भन्दा थप क्षमतामा उपलब्ध छन् । यसअघि ११ किलोवाट आवरको व्याट्री रहेकोमा अहिले दुवै गाडीमा १७ किलोवाट आवरको व्याट्री दिइएको छ । यी दुबै मोडलमा १५ किलोवाटको इलेक्ट्रिक मोटर उपलब्ध रहेको छ ।

ईभी७ पुरै इलेक्ट्रिक कार हो भने ईएम७ सोलार तथा इलेक्ट्रिक कार हो। ईभी७ ले सिंगल चार्जमा २३० किलोमिटरको दुरी पार गर्न सक्छ। त्यसैगरी ईएम७ ले २६० किलोमिटरको दुरी पार गर्न सक्ने बताइएको छ । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप माइलेज दिने बताइएको छ । दुवै गाडी इन्ट्री लेवलका गाडी हुन् । गाडीमा ५ जना बस्न सकिन्छ । हेनान डेरी चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हो। विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आए का छन् ।काठमाडौं – नेपाली बजारमा उपलब्ध डेरी ब्रान्डको इलेक्ट्रिक कारको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक अटो होस्ट प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य सूची अनुसार डेरी ईभी ७ को मूल्य १९ लाख ५० हजार र ईएम७ को मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले यी दुई गाडीको मूल्य क्रमशः २५ लाख ९९ हजार र २६ लाख ५० हजार रुपैयाँ थियो । सरकारले केही दिन पहिले सार्वजनिक गरेको नयाँ बजेटमार्फत इलेक्ट्रिक गाडीको कर र अन्तः शुल्क घटाए पछि यी गाडीको मूल्य घटेको हो । यसका साथै यी दुवै गाडी पहिले भन्दा थप क्षमतामा उपलब्ध छन् । यसअघि ११ किलोवाट आवरको व्याट्री रहेकोमा अहिले दुवै गाडीमा १७ किलोवाट आवरको व्याट्री दिइएको छ । यी दुबै मोडलमा १५ किलोवाटको इलेक्ट्रिक मोटर उपलब्ध रहेको छ ।

ईभी७ पुरै इलेक्ट्रिक कार हो भने ईएम७ सोलार तथा इलेक्ट्रिक कार हो। ईभी७ ले सिंगल चार्जमा २३० किलोमिटरको दुरी पार गर्न सक्छ। त्यसैगरी ईएम७ ले २६० किलोमिटरको दुरी पार गर्न सक्ने बताइएको छ । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप माइलेज दिने बताइएको छ । दुवै गाडी इन्ट्री लेवलका गाडी हुन् । गाडीमा ५ जना बस्न सकिन्छ । हेनान डेरी चीनको प्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी हो। विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आए का छन् ।

प्रतिकृया दिनुहोस्