Wednesday, June 23

लकडाउनमा पिडितहरु कृष्ण कडेललाइ भेट्न आउनेको ताती, यो दुखद घडिमा सबै मिलेर सहयोग गरौ ( भिडियोसहित )

June 5, 2021 100

गायक पशुपति शर्माले आफ्नो गृह जिल्ला स्याङ्जाका जनताका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । शर्माले कोरोनाका कारण समस्यामा परेका आफ्नो जिल्लाबासीका लागि भनेर उक्त रकम सहयोग गरेका हुन् । उनले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले संचालन गरेको आपतकालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन् ।

को’रो’ना म हा’मा’रीको समयमा जिल्लाबासीको सहयोगमा आफूपनि जोडिन पाउँदा खुशी लागेको उनले बताएका छन् । ‘मलाई कलाकारको रुपमा स्थापित गराउन स्याङजाबासीले दिएको मायालाई सम्झदै थोरै भएपनि हातेमालो गरेको हुँ’ शर्मा भन्छन् ।

उनले को’रो’ना म’हा’मा’रीको यो विषम परिस्थितिमा आफ्नो राष्ट्र अनि जन्मस्थानका लागि सबै एकजुट हुनपनि आग्रह गरेका छन् । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा शर्मा यतिबेला स्याङ्जास्थित घरमै समय बिताईरहेका छन् ।

उहाले फेसबुकमा लेख्नुभएको छ :

बिश्व भरि छरिएर रहनु भएका स्याङ्गजाली दाजू भाई तथा दिदि बहिनि हरुको साझाॅ संस्था यस स्याङ्गजा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले बिश्वव्यापी रुपमा फैलियको कोरोना भाइरस का कारण अप्ठेरो स्थितिमा पर्नु भएका जिल्लावाशीका निमित्त सहयोगको हेतुले चलाउनु भएको यस पुण्य कार्यमा म आँफु पनि सहभागी हुन पाउँदा खुशी लागेको छ र मलाई कलाकार को रुमपा स्थापित गराउन यहाँ हरुले दिनु भएको माया लाई सम्झिदै पनि थोरै भए पनि हातेमालो गरेको छु र सबै सबैलाई आफ्नो राष्ट्र अनि जन्म स्थानका लागि जुटी दिनु हुन अनुरोध गर्दछु
लकडाउनमा पिडितहरु कृष्ण कडेललाइ भेट्न आउनेको ताती, यो दुखद घडिमा सबै मिलेर सहयोग गरौ ( भिडियोसहित )

प्रतिकृया दिनुहोस्