Thursday, April 22

तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको मेरो परिवर्तन जिन्दगीको सबैभन्दा सुन्दर यात्रा हो : प्रियंका

December 19, 2020 277

वि.सं २०४९ साल पौष २ गते जन्मिएका आयुष्मान देशराज जोशीलाई श्रीमती प्रियंका कार्कीले दिएको जन्म दिनको शुभकामना भने विशेष रह्यो ।

गतबर्ष आयुष्मानसँग विवाह गरेकी प्रियंकाले शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको मेरो परिवर्तन जिन्दगीको सबैभन्दा सुन्दर यात्रा हो ।

मेरो प्यारो श्रीमान् निकै नै प्रिय जीवनसाथी भएकोमा तिमीलाई धन्यवाद । मसँग आफ्नो मुटु साटेकोमा धन्यवाद ।’

आयुष्मान र प्रियंका केही समय प्रेम सम्बन्धमा रहेर बैबाहिक जीवनमा बाँधिएका थिए । उनिहरु दुइ जनाले प्रेम दिवस चलचित्रमा सँगै काम गरेका थिए ।

नायिका प्रियंका कार्की सफल नायिका हुन भने नायक आयुष्मानले अभीनय गरेको चलचित्र ‘चपली हाईट २,चंगाचेट, कथा काठमाण्डु, प्रेम दिवस, सानो मन’ हुन,उनले यि चलचित्र बाट खासै तारिफ पाएनन । भिडियो सहित

प्रतिकृया दिनुहोस्