Thursday, September 23

एनटीसीका ग्राहकले पाउने सेयरको मूल्य आगामी असोज भित्र तय हुने, क-कसले पाउँछन ?

June 6, 2021 177

काठमाडौं : सरकारले नेपाल दुरसञ्चार कम्पनी र स्वामित्वको प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न २२ प्रतिशत सेयर दिने बजेट मार्फत घोषणा गरिसकेको छ।तर, सो व्यवस्था कहिलेबाट लागू हुन्छ र ग्राहकले सो सेयरको मूल्य कति तिर्नुपर्छ भन्ने आम चासो बढ्न थालेको छ । उसो त नेपाल दुरसञ्चार कम्पनीले आफ्नो सेयर पहिलोपटक सर्वसाधारण लैजान थालेको भने होइन ।

नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । यसको १५ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूची कृत छ । पुन यसले प्राकृतिक व्यक्तिका लागि सेयर बेच्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटले नै कम्पनीको मोवाइल, ल्याण्ड लाइन र इन्टरनेट सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिलाई २२ प्रतिशत सेयर दिने घोषणा गरेको छ ।

यस्तो सेयर कम्पनीको हालसम्म रहेका उपभोक्ता तथा आगामी पुस मसान्तसम्म थपिएका ग्राहकले समेत सेयर खरिद गर्न सक्नेछन् । कम्पनीले सेयर बिक्री गर्ने सबै प्रक्रिया आगामी असोज मसान्त भित्रमा सकि सक्ने जनाएको छ । साथै सेयर मूल्यको विवरण पनि असोज मसान्तभित्र तय हुने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको अहिले सेयर मूल्य साढे १२ सयको हाराहारीमा छ । नेपाल टेलिकम सरकारलाई बढी लाभांश दिने सार्वजनिक संस्थानमा पर्छ काठमाडौं : सरकारले नेपाल दुरसञ्चार कम्पनी र स्वामित्वको प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न २२ प्रतिशत सेयर दिने बजेट मार्फत घोषणा गरिसकेको छ।तर, सो व्यवस्था कहिलेबाट लागू हुन्छ र ग्राहकले सो सेयरको मूल्य कति तिर्नुपर्छ भन्ने आम चासो बढ्न थालेको छ । उसो त नेपाल दुरसञ्चार कम्पनीले आफ्नो सेयर पहिलोपटक सर्वसाधारण लैजान थालेको भने होइन ।

नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । यसको १५ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूची कृत छ । पुन यसले प्राकृतिक व्यक्तिका लागि सेयर बेच्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटले नै कम्पनीको मोवाइल, ल्याण्ड लाइन र इन्टरनेट सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिलाई २२ प्रतिशत सेयर दिने घोषणा गरेको छ ।

यस्तो सेयर कम्पनीको हालसम्म रहेका उपभोक्ता तथा आगामी पुस मसान्तसम्म थपिएका ग्राहकले समेत सेयर खरिद गर्न सक्नेछन् । कम्पनीले सेयर बिक्री गर्ने सबै प्रक्रिया आगामी असोज मसान्त भित्रमा सकि सक्ने जनाएको छ । साथै सेयर मूल्यको विवरण पनि असोज मसान्तभित्र तय हुने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको अहिले सेयर मूल्य साढे १२ सयको हाराहारीमा छ । नेपाल टेलिकम सरकारलाई बढी लाभांश दिने सार्वजनिक संस्थानमा पर्छ

प्रतिकृया दिनुहोस्