एउटै निजी गाडी चढेर राजीनामा दिएका दुई मन्त्रीले छाडे सिंहदरबार

December 21, 2020 165

काठमाडौं । संसद विघटनसँगै सरकारमा रहेका नेकपा अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल पक्षका सात मन्त्रीहरुले राजीनामा दिएका छन् ।

संसद विघटनको ओलीको कदम असंवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित भएको भन्दै उनीहरुले राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।

यसरी राजीनामा दिने सात मन्त्रीमा पूर्व माओवादीतर्फका पाँच र एमालेतर्फका दुई जना छन् ।
एमालेतर्फका पर्यटनमन्त्री योगेश भट्टराई र कृषि मन्त्री घनश्याम भुसाल छन् ।

सिंहदबारमा पत्रकार सम्मेलन गरेपछि यी दुवै मन्त्रीले यस अघि चढ्दै आएको सरकारी सुविधाको गाडी चढेनन् । प्राइभेट नम्बरप्लेटको एउटै गाडीमा चढेर दुवै नेता सिंहदरबारबाट बाहिरिएका हुन् ।

प्रतिकृया दिनुहोस्