Saturday, June 12

कतारमा शून्य लागतमा ‘फ्री भिसा-टिकट सहित् एक कम्पनीले माग्यो नेपाली कामदार, यस्तो छ तलब सुबिधा :

June 7, 2021 206

काठमाडौँ। कतारको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको structural technical services and contractig कम्पनीले painter का लागि १५ नेपाली कामदारको माग गरेको हो । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।

कामदारले तलब खान बस्न सहित करिब ३६ हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले भाष तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिने पर्ने छ । खान बस्न सहित तालिम निशुल्क हुने छ ।

इच्छुक कामदारले इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालिको कार्यालय ग्वार्को ललितपुरमा २०७८ साल बैशाख ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले बेहोर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

आइतबार एक सूचना जारी गर्दै महालेखा कार्यालयले मासिक निवृत्तभरण रकम विद्युतीय हस्तान्तरणमार्फत् सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने प्रणाली लागु भएको जनाएको छ। सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरण (इलेकट्रोनिक फण्ड ट्रान्सफर) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली आजदेखि लागु गरिएको छ । कार्यालयबाट जारी सूचनामा भनिएको छ ।

यो सँगै पेन्सन पट्टा बनाएर बैंकमा गएर पेन्सन बुझ्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ। यो सेवाबाट निजामती, प्रहरी जङ्गी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्र सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्