मंगलबार चम्किदैछ बृष, बृश्चिक, धनु र मीन राशिको भाग्य, हेर्नुहोस् आजको राशिफल

December 22, 2020 147

मिति २०७७ साल पौष ०७ गते मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–अष्टमी ।

मेष
खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

बृष
अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

मिथुन
कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गगबढी ।

कर्कट
साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

सिंह
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कन्या
अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

तुला
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाट टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी।

बृश्चिक
सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमाइलो दिन छ।

धनु
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मकर
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

कुम्भ
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ।

मीन
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह।

प्रतिकृया दिनुहोस्