Sunday, April 11

अब यो देशको प्रधानमन्त्री महिलालाई नै बनाउनु पर्छ

December 22, 2020 205

चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्। एक कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्।

विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन्।

नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न नहुने पनि बताइन। नेपलमा क्षमतावान महिलाहरु रहेका छन्।

आउँदो चुनावमा महिला प्रधानमन्त्री तथा कार्यकारी प्रमुख बनाउनका लागि चुनौती दिँदै पुरुषलाई भोट नदिन आग्रह गर्छु, उनले भनिन् । उनले कोटो प्रविधिको विरोधी भएको बताउदै भनिन्, सहरमा बसेर हामी नारी दिवस र महिला अधिकारको कुरा गछौं । त्यो कुराले कुनै गाउँमा कतिको छोएको छ भनेर बुझ्न जरुरी थियो ।

त्यसलै मैले छोरीको लागि स्वर्णिम नेपाल अभियान चलाएको थिए । छोरीसँग क्षमता हुदाँ हुदै पनि कोटा प्रयोग गरिन्छ । कोटाले सिमित क्षेत्रमा मात्र कायम राख्छ । म कोटा प्रविधिको पहिलै देखि विरोधी हो । छोरी मान्छेलाई सांसद देखि लिएर सडक सम्म छोरीनै बनाउने तालिम चै किन दिइन्छ । यो मेरो प्रश्न परिवारलाई पनि, समाजलाई पनि र राज्यलाई पनि र नीति नियम बनाउने व्यक्तिहरुलाई पनि ।

तपाईहरुले याद गर्नु भएको होला सांसद भित्र पनि महिलाको उपस्थिति छ, कोटामा । तर त्यहाँ अपवादलाई छोडेर महिला सिंगारिक वस्तुको रुपमा देख्छु । सदन देखि सडक सम्म महिलालाई सिंगारिक वस्तुको रुपमा किन प्रयोग गरिन्छ रु र हामी जहिलै पनि सिंगारिक वस्तु बन्न किन लालयत छौं ।

यो पनि पढ्नुहोसस् आन्टी भएर हराउन्न, नायिका रेखा थापा‘‘‘।रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्(नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लापरवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् । आफ्नो शरीर यो बर्षको फागू पूणिर्मा सम्ममा पुरै फेरिने रेखाको दाबी छ ।

प्रतिकृया दिनुहोस्