Thursday, September 23

शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस्

June 7, 2021 298

शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस्
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई आइतबार निर्देशन दिएका हुन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौं, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस्,’ मन्त्री श्रेष्ठले भने ।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने भनाइ व्यक्त गरे ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा.तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै थपलियाले त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्