Thursday, May 26

भर्ती हुन तयार हुनुहोस् सशस्त्र प्रह’रीमा खुल्दै छ ४ हजार भन्दा बढी नयाँ भर्ना

June 7, 2021 236

काठमाडौं । केहिदिन अगाडी पारित भएको नयाँ बजेटमा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने कार्यक्रम आएसँगै सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमार्फत ९ हजार जनशक्ति थपका लागि प्रस्ताव गरे पनि पहिलो चरणमा चार हजार थप्ने प्रक्रिया अगाडि बढाइएको छ।चीन सँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै

जनशक्ति पनि थप्न लागिएको हो। भारत र चीनसँगका सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाइँदै आएको छ। ओएन्डएम (व्यवस्थापन तथा संगठन) सर्वेक्षण गरेर दरबन्दी थपको प्रक्रिया गृह मन्त्रालयले अगाडि बढाउने भएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बीओपी थपिएपछि दरबन्दी पनि थप हुनेछ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री यामी गौतमलाई धेरैले ‘फेयर एन्ड लभ्ली गर्ल’का रूपमा चिन्छन्। उनले केही टेलिसिरियलमा पनि काम गरेकी छिन्। टेलिभिजनको पर्दाबाट फिल्मतिर मोडिएकी हुन्।

पछिल्लो समय फिल्म ‘बाला’ मा अभिनेता आयुष्मान खुरानासँग देखिएकी थिइन्। उनले ‘काबिल’, ‘उरी’ लगायत फिल्मका काम गरेकी छिन्। एक अन्तर्वार्तामा उनले करिअरको सुरुवातमा आफू एउटा विज्ञापनपनि खेलेकी छन् ।

‘फेयर एन्ड लब्ली’ गर्ल एवं चर्चित बलिउड अभिनेत्री यामी गौतमले सबैलाई चकित तुल्याउँदै सुटुक्क विवाह गरेकी छन् । यी अभिनेत्रीले आफू दाम्पत्य जीवनमा बाँधिएको भन्दै इन्टाग्राममार्फत पतिसँग विवाहको तस्बिर सार्वजनिक गरेकी छन् ।

यी अभिनेत्रीले फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । निर्देशक आदित्यले पछिल्लो पटक ‘उरी’ भन्ने फिल्मको निर्देशन गरेका थिए । अचानक उनीहरूको विवाहको खबर आउँदा फ्यानहरू छक्क परेका थिए । यामी र आदित्यले बिहीबार मात्र विवाहको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्