Wednesday, June 16

यातायात खुलेको ६ महीनासम्म बैंकको किस्ता तिर्न सक्दैनौं’

June 8, 2021 163

काठमाडौं, जेठ २३ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंक किस्ता तिर्न नसक्ने बताएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा महासंघका तर्पmबाट सचिव सरोज सिटौलाले यातायात सञ्चालन भएको कम्तीमा ६ महीना किस्तामा छूट दिनुपर्ने माग राखे ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

आगामी साउनमा सार्वजनिक हुने राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई सहुलियत दिन बैंकहरूलाई निर्देशन दिनुपर्ने उनले बताए । अघिल्लो वर्ष यातायात क्षेत्रलाई शुरूमा अति प्रभावित क्षेत्रमा राखिएकोमा कार्यविधि बन्दा पछाडि धकेलेका कारण आफूहरूले कुनै सुविधा नपाएको उनको भनाइ छ । ‘निषेधाज्ञाले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको छ, जसमध्ये ८ खर्ब बैंक ऋण हो,’ उनले भने, ‘यातायात दिनभरि काम गरेर साँझ ज्याला लिने क्षेत्र हो त्यसैले गाडी खुलेको कम्तीमा ६ महीना अवस्था सामान्य हुन लाग्छ ।’

अघिल्लो वर्ष ४ महीना बन्द भएको यातायात यस वर्ष निषेधाज्ञा भएपछि १ महीनादेखि बन्द छन् । यातायात बन्द भएपछि १० लाख जनाले प्रत्यक्ष रोजगारी गुमाएको महासंघका सचिव सिटौलाको भनाइ छ । उनले बन्दाबन्दीपछि सडकमा, चउँरमा र ग्यारेजमा थन्किएका सवारीसाधनमा खिया लागेको र इन्जिन बिग्रिन थालेको बताए । आर्थिक अभियान दैनिकबाट**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्