Tuesday, June 15

कोरोनाबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन

May 13, 2021 154

काठमाडौं । कोरोनाबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । महानगरीय अपराध महाशाखामा अन्तरगर्त पिसिसिबी ठिमीमा कार्यरत पुरीको बिहिवार विहान निधन भएको हो । उनको घर सिन्धुपाल्चोकको जुगल गाउँपालिका मा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारार्थ थिए । तर उनको स्वास्थ्यमा सुधार नआई विहिवार विहान निधन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले बताए । अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।

यो पनि, एमाले प्रदेश कमिटी सदस्यको मृत्यु
कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।

लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आउनुभएको थियो । उहाँको मृत्युले सि¬ङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।” केही दिन पहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

प्रतिकृया दिनुहोस्