मिथुन चक्रवर्ती अच्चानक भए बिरामी, यस्तो छ उनको हालको अवस्था

December 23, 2020 194

एजेन्सी । बलीउड अभिनेता मिथुन चक्रवर्ती अचानक बिरामी भएका छन् । उनको पेटमा इन्फेक्सन भएको कारण उनी अचानक बिरामी भएका हुन् । उनी फिल्म निर्माता विवेक अग्निहोत्रीको आगामी फिल्म द कश्मीर फाइल्सको शूटिंगका क्रममा बिरामी भएका हुन् । जस्मा अभिनेता मिथुनको भूमिका मुख्य रहेको छ । खबरका अनुसार अभिनेता मिथुन सेटमा नै अचानक बिरामी भएको कारण निर्मातालाई शूटिंग रोकनु परेको थियो ।

निर्माता विवेकले भने,‘हामीले एउटा ठूलो एक्शन सीक्वेन्सको शूटिंग गर्दै थियौं । सबै कुरा मिथून चक्रवर्तीकै भूमिकामा केन्द्रित थियो । तर अचानक उनलाई पेटको इन्फेक्शनको सामना गर्नु पर्यो । जुन निकै नै दुःखद थियो । कुनै पनि व्यक्ति यस्तो अवस्थामा काम गर्न सक्दैन । तर मिथुन केही समयकालागी बाहीर गए र फेरी आएर शूटिंग शुरु गरे । उनको दुखाई यति पिडादायक थियो कि म कसैलाई पनि फेरी कामकोलागी भन्न सक्दैनथें । तर मिथुनले शूटिंगलाई निरन्तरता दिए । यसै कारण उनलाई सुपर स्टार भनिएको हो ।’

निर्देशकले यो पनि भने कि मिथुन धेरै वर्षपछि यस्तो बिरामी भएका हुन् । बिरामी हुनुका बाबजुद पनि काममा मिथुनको लगशिलता देखेर निर्देशकले आफुले अहिलेको युवा पुस्तामा कामप्रतिको यस्तो लगनशिलता नदेखेको बताए । द कश्मीर फाइल्स यो वर्षको स्वतन्त्रता दिवसको अवसरमा रिलीज हुने तयारी थियो तर कोरोना महामारीको कारण फिल्मको रिलीजलाई अगाडी बढाईएको छ । अब यो फिल्म अर्को वर्ष रिलीज हुने निर्देशकले बताए ।

प्रतिकृया दिनुहोस्