Sunday, December 5

संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सूचना

June 8, 2021 429

काठमाडौ । सरकारले निषेधाज्ञा केही खुकुलो गरेको भएपनि जोखिम भने नघटेको जनाएको छ । जोखिम कायम रहेकाले घरमा रित्ता अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेकाले सावधानी अपनाउन सूचना जारी गर्दै मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका रित्ता सिलिन्डर भरेर राख्न आग्रह गरेका हुन्।

खाली सिलिन्डरहरु अहिले समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ।
चितवनकी सविता भण्डारीको मृत्युको घटना थप रहस्यम बन्दै गएको छ । सविताका माइतीले घटना रहस्मय भन्दै अनुसन्धान गर्न माग गरेका छन् । सोमवार सविताकी सासु रुँदै आफुहरुको घटनामा कुनै हात नभएको र सवितालाई निकै माया गर्ने गरेको बताएकी थिइन् ।

सविता डिप्रेशनको रोगी रहेको र आफु नर्स भएका कारण सविताको निकै माया गरेर राखेको बताएकी थिइन् सासुले । लामो समय देखि म नर्स पेशामा कार्यरत छु त्यसैले बिरामीलाई कसरी स्याहार गर्नुपर्छ भन्ने आफुलाई थाहा भएका कारण निकै राम्रोसंग स्याहार गरेर बुहारीलाई राखेको बताएकी थिइन् ।

तर सविताको आमाले भने निकै माया गर्ने सासुले घटना भएपछि मलाई फोन गरेर किन जानकारी दिइनन् भनेर प्रश्न गरेकी छन् । सासुले राम्रोसंग फोन गरेर घटनावारे जानकारी दिएको भए सायद मैले मु द्दा पनि गर्दिनथे सविताकी आमाले भनिन् । उनीहरुले सविताको सासु र श्रीमानले घटना भएको भन्दै बताएको समयमा नै करिब डेढ घण्टा फरक रहेको भन्दै त्यसमा पनि आशंका ब्यक्त गरेका छन् ।

ज बर ज स्ती श व बुझ्न लगाएर प्रहरीले नै शं का स्पद ब्यवहार देखाएको सविताको बुवाको भनाई छ । आफुले जो प्रति कि टा नी जा हे री दिन खोजेको हो त्यो कि टा नी जा हेरी प्रहरीले दर्ता गर्न नमानेको बताए । प्रहरीले वकिलले तयार पारिदिएको उजुरी पनि दर्ता नगरेको बुवाको भनाई छ । अमाजुको योजनामा ससुरा र श्रीमानको कारणले सविताको मृत्यु भएको उनका बुवा आमाको आरोप छ ।

प्रतिकृया दिनुहोस्