Saturday, April 17

समयमा उपचार नपाउँदा दु’र्घटनामा घा’ईते बेलबारीका खत्रीको मृ’त्यु : मुख्यमन्त्री राईको चर्को आलोचना

December 23, 2020 215

बेलबारी । मोरंगको बेलबारी नगरपालिका ४ हल्लुडे चौकमा सोमबार दिउँसो भएको दु,र्घटनामा घा’ईते एक जनाको समयमा उपचार हुन नसक्दा मृ,त्यु भएको छ । दु,र्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । घा,इते अर्जुनको उपचारका क्रममा मृ,त्यु भएको छ ।

दु,र्घटनापछि समयमा उद्धार हुन नसक्दा उनको मृ,त्यु भएको आफन्तको गुनासो छ। पुर्ब पश्चिम लोकमार्गबाट दक्षीण तर्फ बाटो क्रस गर्दै गरेको को ३५ प ५९७५ नम्बरको स्कुटरलाई प्रदेश १ २२४२ नम्बरको पिकअप भेनले ठ,क्कर दिएको थियो । घा,ईते भएर सडकमा छ’टपटाई रहेका बेला झापाबाट बिराटनगर फर्किदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी सोही ठाँउमा आईपुगे पनि मुख्यमन्त्रीले न त सवारी रोके न त कसैलाई फोन गरेर उद्धारको प्रयास नै गरे ।

तत्काल उनको उ’द्धार भएको भए उनलाई बचाउन सकिने सम्भावना रहेको प्रत्यक्षदर्शीहरु बताउँछन । सोही घ’टनापछि सामाजिक सञ्जालमा मुख्यमन्त्री राईको चर्को आ’लोचना भएको छ । केहीले भने एम्बुलेन्सको साईरन बज्नु पर्नेमा भिआईपीको साईरन बजेका कारण अ’कालमा खत्रीको ज्या’न गएको समेत बताएका छन ।source khabarhouse.com/

प्रतिकृया दिनुहोस्