Thursday, May 6

उपचारमा खटिएका थप दुई डाक्टरको कोरोना सङ्क्रमणबाट मृत्यु

November 16, 2020 233

काठमाडौँ । कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र डा। थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको बताएको छ।

प्रतिकृया दिनुहोस्