Sunday, September 26

असार १गते देखि निषेधाज्ञा खुकुलो बनाउने यस्तो हुँदै छ तयारी

June 9, 2021 410

आजको नेपाल खबर :काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा १ असारदेखि खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा आंशिक निषेधाज्ञा लगाएर जनजीवनलाई सहज बनाउन विभिन्न निकायबीच छलफल भइरहेको बताइएको छ ।पछिल्लो समय थपिएको निषेधाज्ञा ३१ जेठमा सकिँदैछ । यस अविधिमा खाद्यान्नलगायत अत्यावश्यक सेवामात्र खुला गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आएकाले निषेधाज्ञालाई पजि खुकुलो बनाउन लागिएको एक सुरक्षा अधिकारीले बताए ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

एजेन्सी । तपाईको खानपानले पनि संक्रमण भएपछि अवस्था गम्भिर हुने नहुने कुराको सम्बन्ध राख्दछ । हालै गरिएको अनुसन्धानवाट वैज्ञानिकहरूले यस्तो कुरा पत्ता लगाएका छन् । उनीहरुले भनेका छन् शाकाहारीहरू र समुद्री खाना खानेहरूमा संक्रमण भएपछि अवस्था झन् खराब हुने सम्भावना निकै कम हुन्छ। तर शाकाहारीहरू भन्दा मासु खानेहरूलाई संक्रमण भएपछि गम्भिर हुने खतरा निकै बढी हुन्छ । यो दावी मेरील्याण्डको जोन हपकिन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थले हालसालै गरिएको आफ्नो अनुसन्धानमा गरेको छ।

वैज्ञानिकहरूले भनेका छन् शाकाहारिहरुमा कोविडबाट अवस्था बिग्रने जोखिम ७३ प्रतिशत कम हुन्छ । समुद्री खाना (सि फुड) जस्तो माछा खानेहरुमा ५९ प्रतिशत कम हुन्छ । तर यसको विपरित, मांसाहारीहरूमा यस्तो खतरनाक हुने खतरा बढी हुन्छ।

अनुसन्धानकर्ताका अनुसार खानपान र कोरोना संक्रमणको गम्भीरताबीचको सम्बन्ध पत्ता लगाउन फ्रन्टलाइनमा काम गर्ने २ हजार ८४४ डाक्टर तथा नर्समा अध्ययन गरिएको थियो। जो सबै गत वर्षको जुलाई र सेप्टेम्बरमा कोरोनाबाट संक्रमित भएका थिए। यसमा फ्रान्स, जर्मनी, इटली, स्पेन, ब्रिटेन र अमेरिकाका डाक्टर, नर्स सामेल थिए।

अनुसन्धानका क्रममा उनीहरूको संक्रमण स्तर, खानपान र मेडिकल हिस्ट्रीबारे सूचना संकलन गरियो। जसबाट के पुष्टि भयो भने शाकाहार गर्ने व्यक्तिमा कोरोना संक्रमणबाट अवस्था गम्भीर बन्ने खतरा कम हुँदोरहेछ।

अनुसन्धानकर्ता भन्छन्, ‘प्लान्ट बेस्ड भेजिटेरियन भोजनमा धेरै किसिमका भिटामिन, मिनरल्स, न्युट्रिएन्ट्स हुन्छन्। कोरोनाबाट अवस्था बिग्रिने खतरा कम गर्ने कारण यो पनि हुन सक्छ। किनकि यी पोषक तत्त्वले रोगसँग लड्ने क्षमता दिन्छन्।’

प्रतिकृया दिनुहोस्