Thursday, April 22

मोबाइल र सिक्री बन्धकी राखेर पनि श’व ज’लाएको छु भन्छिन् सपना

December 25, 2020 219

तेजन खड्का – काठमाडाै‌ं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार प्रसारण संस्था बीबीसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएपछि उनको चर्चा एकाएक चुलिएको छ।

सपना पछिल्लो समय पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सूचीमा उनको नाम विश्वको प्रभावशाली महिलामा समावेश भएको थियो।

परिचय नखुलेका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ।

हालसम्म उनले सयभन्दा बढी बे’वारिसे श’वको व्यवस्थापन गरिसकेकी छन्। उनी श’वलाई हिन्दु परम्पराअनुसार आफै दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन्।

कुनै बेला सडकको खुला आकाशमुनि जीवन बिताएकी सपना सडकले नै समाजसेवामा आउन प्रेरित गरेको बताउँछिन्। उनीसँग तेजन खड्काले गरेको छोटो कुराकानी।

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा पर्नुभयो, कस्तो अनुभव भइरहेको छ?

एकदमै खुसी लागेको छ। मैले सोचेको पनि थिईन्। विश्वका सय महिलामध्ये म पनि पर्न सफल भएछु। एकदमै उत्साहित छु। यो सम्पूर्ण टिमको सफलता हो। हामीले विगतदेखि गर्दै आएको कामको मूल्याङ्कन गरेर यो स्तरसम्म पुर्‍याउन सहयोग गरेको छ, बीबीसीले। यसका लागि धन्यवाद दिन चाहन्छु।

केही समय अगाडी बीबीसीमा कार्यरत कमल परियार र रमा पराजुलीले ‘बहिनी तिम्रो काम राम्रो छ’ भन्दै मेरो काम बारे रिपोर्ट बनाउनुभएको थियो। अनि सम्पूर्ण मिडियाकर्मी दाईदिदीहरूले मेरो समाचार बनाउनुभएको थियो।

कुन माध्यमबाट आफू छनोट भएको जानकारी प्राप्त गर्नुभयो?

यो खबर औपचारिक रूपमा मैले बिहान १० बजेतिर थाहा पाए। सञ्चारकर्मी सोनु लिम्बु र अनुप दाईले फोन गरेर बधाई छ बहिनी भन्नुभयो। मैले के को बधाई दाई भनेर सोधे। दाईहरूले बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेको कुरा अवगत गराउनुभयो। फेसबु्क खोले। अनि बल्ल थाहा भयो।

यो खुशीलाई कसरी सेयर गर्नुहुन्छ ?

मलाई जतिले सपना भनेर चिन्नुहुन्छ, सबैलाई धन्यवाद दिन चाहान्छु। मेरो आफ्नो कारणले मात्र होइन, मलाई हौसला दिनुहुने सम्पूर्ण मिडियाकर्मीले देखाउनु भएकोले हो। खासमा राज्यले बेवारिसे शवको व्यवस्थापन गर्नुपर्ने हो। तर, हामीले आफ्नो बलबुताले सकेसम्म गर्यौं। राज्यले सहयोग नगरिरहेको अवस्थामा हाम्रो कामको मुल्याङ्कन गर्दै मलाई पनि प्रभावशाली महिलाको सूचीमा छनौट गरियो। एकदमै खुसी लागेको छ। सम्मानसँगै सामाजिक उत्तरदायित्व बढेको महसुस गरेको छु।

यी ६ कारणले पाका पुरुषसँग बिहे गर्न चाहान्छन् युवती !
महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले महिला हरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर धेरै महिला पाको पुरुष लाइ मन पराउने गर्दछन ।हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । एक अध्ययनले यस्तो देखाएको छ ।

प्रतिकृया दिनुहोस्