Saturday, June 19

Exclusive: सवितालाई मर्न बाध्य बनाईएको आधार सहित मञ्जु र अधिवक्ता, न्याय पाउने पक्का

June 9, 2021 93

Exclusive: सवितालाई मर्न बाध्य बनाईएको आधार सहित मञ्जु र अधिवक्ता, न्याय पाउने पक्का

काठमाडौ । लामो समय देखि बन्द रहँदा आफुहरु समस्यामा परेको भन्दै आन्तरिक उडान खोल्न हवाइ क्षेत्रका व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्।

स्वस्थ्य मापदण्ड पालना गर्दै हवाई सेवा संचालन गर्न पाउनुपर्ने माग राख्दै ब्यवसायीहरुले प्रस्ताव पेश गरेका हुन् । उनीहरुले हवाइ यात्रा सुरक्षित रहेको तर्क गरको छन् । सरकाले आन्तरिक उडान अनिश्चित कालसम्मको लागि स्थगन गरेको छ। व्यवसायीले महामारी घट्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्नुपर्ने बताएका छन्।

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक उडान खोल्न प्रस्ताव गरेको भएपनि मन्त्रालयमा यसवारेमा कुनै छलफल नभएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयको निर्णयले मात्र हवाई सेवा सुचारु नहुने र त्यसको निर्णय मन्त्रीपरिषद्वाट हुने भएकाले यसवारेमा मन्त्रालयमा कुनै छलफल नभएको बताइएको छ ।

मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धि सागर लामिछानेले ‘मन्त्रालयले खोल्ने भने पनि मन्त्रिपरिषदले गर्ने निर्णय भएकाले तत्काल केही भन्न नसकिने बताए ।

काठमाण्डौ । भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ ।

यस्तै, वर्षाका कारण केही ठाउँमा ट्राफिक जामसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज पुणेमा पनि वर्षाको सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ । वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।

उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ।
मौषमविद् पौडेलका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।

यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न सुझाव दिएका छन्। ‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ।’

प्रतिकृया दिनुहोस्