Thursday, September 23

भारतमा भिषण वर्षा , अब केही दिनमा नेपालमा पनि हावाहुरी सहित ठूलै वर्षा हुने

June 10, 2021 259

काठमाण्डौ । भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । नेपालमा पनि मनसुन भित्रिनै लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा

मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ। अब को केही दिनमै नेपालमा पनि ठूलै वर्षा हुने उहाँले बताउनु भएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ थपिएकामा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी सञ्चार मन्त्रीमा नैनकला थापा रहेका छन् । नैनकला थापा रामवहादुर थापा ‘बादल’की पत्नी हुन् ।

त्यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ छन् । साह माओवादीबाट एमालेमा आएकी हुन् । उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक रहेका छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज हुने छ । यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

रिपोटर्सक्लब नेपालका अनुसार प्रधानमन्त्री ओलीले यसअघि आफूसँग ७ मन्त्रालय राखेर जसपालाई दश मन्त्रालय लिएर मन्त्रिपरिषद विस्तार गर्दा नै एमालेबाट गृहमन्त्री बन्ने आकांक्षी नेताहरुको दौडधुप सुरु भएको थियो । सुरुदेखि नै गृहमन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी र कर्ण थापाको नाम चर्चामा थियो । अन्तिममा गृहमन्त्रीमा अधिकारीले बाजी मारे ।

बस्नेत, अधिकारी र थापा तीनै जना प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन् । तर, चर्चा भने यसपटक बस्नेतको धेरै भएको थियो । प्रधानमन्त्री ओली बस्नेतप्रति सकारात्मक थिए । तर, उनका टिममा रहेका नेताहरु भने महेशप्रति अनुदार देखिए । खासमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महेशलाई गृहमन्त्री बन्न नदिन ठूलो भूमिका खेलेका थिए ।

यो कुरा महेशले पनि आफूनिकट नेताहरुसँग गुनासो पोख्ने गरेका छन् । अर्को कुरा, अधिकारीलाई गृहमन्त्री बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भूमिका खेलेको बुझिएको छ । उनले प्रधानमन्त्री ओलीलाई अधिकारीलाई नै गृहमन्त्री बनाउन सुझाएको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्