Sunday, December 5

आज नेपालमा नयाँ अपडेट यस्तो : ‘दोबर सङ्ख्यामा चिकित्सकको मृत्यु’

June 10, 2021 482

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।

त्यस्तै नेपालमा महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दुईगुना डाक्टरहरूको ज्यान गएको तथ्याङ्कले देखाएको छ। सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको देखिए पनि खोपले यसलाई न्यूनीकरण गरेको नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताए।

“खोपका कारण धेरै चिकित्सकहरूको ज्यान जोगिएको अनुभव हामीलाई भएको छ। नत्र योभन्दा धेरै क्षति हुन्थ्यो,” उनले भने। “चिकित्सकहरूको हकमा पहिलो लहरको बेला कोभिडले छजना डाक्टरको निधन भएको थियो भने दोस्रो लहरमा करिब एक दर्जन डाक्टरको ज्यान गइसकेको विवरण हामीलाई प्राप्त छ,” नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताए।काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति संक्रमित भएका छन्। हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।

त्यस्तै नेपालमा महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दुईगुना डाक्टरहरूको ज्यान गएको तथ्याङ्कले देखाएको छ। सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको देखिए पनि खोपले यसलाई न्यूनीकरण गरेको नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताए।

“खोपका कारण धेरै चिकित्सकहरूको ज्यान जोगिएको अनुभव हामीलाई भएको छ। नत्र योभन्दा धेरै क्षति हुन्थ्यो,” उनले भने। “चिकित्सकहरूको हकमा पहिलो लहरको बेला कोभिडले छजना डाक्टरको निधन भएको थियो भने दोस्रो लहरमा करिब एक दर्जन डाक्टरको ज्यान गइसकेको विवरण हामीलाई प्राप्त छ,” नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजालले बताए।

प्रतिकृया दिनुहोस्