Saturday, April 17

नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको नि’धन

December 26, 2020 97

काठमाडौं, विरेन्द्र सैनिक अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको नि’धन भएको छ । ४४ वर्षका डा. खत्रीको सै’निक अस्पतालमा उपचारको क्रममा आज बिहान मृ’त्यु भएको हो । डा.खत्रीलाई मु’टुको स’मस्या थियो । उहाँ विगत १५ वर्षदेखि सरकारी सेवामा हुनुन्थ्यो । उहाँ व’योधा अस्पतालमा पनि कार्यरत हुनुन्थ्यो । उहाँकी श्रीमती द’न्तरोग विशेषज्ञ हुनुहुन्छ । डा.खत्रीका एक छोरा र एक छोरी हुनुहुन्छ ।

काठमाडौ । राजनीतिमा अहिले उथलपुथल भएको बेलामा पूर्वराजा ज्ञानेन्द्रले पनि निर्मल निवास छोडेका छन् । उनी परिवारका साथमा निर्मल निवासवाट निस्किएर झापाको भ्रमणमा जान लागेका हुन् ।

उनको भ्रमण भारतसम्म हुने बताइएको छ । झापा सम्मको कार्यक्रम सार्वजनिक भएपनि भारत सम्मको भ्रमणका बारेमा भने आधिकारीक जानकारी गराइएको छैन ।

नेकपाको अनावश्यक विवाददेखि लिएर नेताहरु सडकमा निस्कीएकै बेला पूर्वराजाको भ्रमणलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । सडकमा राजतन्त्र र हिन्दुराज्यको माग सहित पनि आन्दोलन जारी छ ।

राजसंस्था र हिन्दूत्व पक्षधरको पनि प्रदर्शन चलिरहेका बेला पूर्वराजा आइतबार निर्मलनिवासबाट निस्कने भएका छन्। पूर्वरानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन टिस्थित निवासमा पुग्ने भएका हुन्।

पूर्वराजा परिवारसहित हरेक हिउँदमा झापा पुग्दै आएका छन् तर यस पटकको बसाई भने अर्थपूर्ण र राजनीतिक हुने बताइएको छ।

उनले झापामा केही आफ्ना समर्थक र कांग्रेस नेकपाका नेतालाई पनि भेट्ने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र पुगेको चार दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा पुग्नेछिन्।

त्यसपछि पूर्वराजपरिवारको भारत भ्रमण हुने बताइएको छ। झापादेखि बागडोग्रा हुँदै नयाँ दिल्लीसम्मको भ्रमण हुने तयारी भएको बताइ पनि त्यस्को आधिकारीक जानकारी भने गराइएको छैन ।

प्रतिकृया दिनुहोस्