Wednesday, June 16

मोडल निशा घिमिरे नर्भिक अस्पताल भर्ना

June 10, 2021 148

काठमाडौं– भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ सडक दु’र्घटनामा परी ‘ब्रे’न इ’ञ्जुरी’ भएको थियो ।

निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दु’र्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने ।घरका चार सन्तानमध्ये निशा कान्छी हुन् ।बाल्यकालदेखि नै मोडल बन्ने चा’हना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

काठमाडौ । दुर्घटनामा परेर निकै दर्दनाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्दार भएको छ । उनले उपचार पाउने भएकी छन् । नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिँदै घरवाट उद्दार गरेको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उद्दार गरेकी हुन् ।

सामाजिक सजाल र समाचारहरुमा मेघाको अवस्था देखेपछि उनले उद्दार गरेको बताएकी छन् । तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ देखिएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नसकिने भएकी छन् । उनका आफन्तलाई समेत चिन्न मुस्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मांसपेशीहरु पनि निकै दर्दनाक अवस्थाको छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।

अरुका कुरा सुनेर आँसु पनि खसाउँछिन् । दुर्घटना भएको केही समय सम्म भारतकै अस्पतालमा उपचार गरिएको भएपनि आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई घरमै ल्याएर राखिएको थियो । आर्थिक अभावमा उपचार नपाएर उनी अर्धचेत जस्तै घरमा थिइन् ।

तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । भारतमा उपचार खर्च निकै महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।

काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उपचार र त्यसपछि चिकित्सकहरुको सल्लाहमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरापी गरियो थेरापीको निम्ति अर्थ अभावसँगै संक्रमण बढेपछि घरमै राखिएको थियो ।

उनको दयनीय शारीरिक अवस्थाबारे नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उपचारको प्रबन्ध र उध्दारको व्यवस्था मिलाएको बताइएको छ ।

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । तर शरीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो समस्या नरहेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले छोरी निको हुने बताएपछि निशाका बुवाआमा निकै खुसी भएका छन् । उनी निको भएर आफ्नो काम आफै गर्न सक्ने अवस्थाको हुनसक्ने चिकित्सकको भनाई छ ।

प्रतिकृया दिनुहोस्