Wednesday, June 23

गायक दीप श्रेष्ठले जिते कोरोना, स्वास्थ्यकर्मीले उनकै गीत गाएर हस्पिटलबाट बिदाई

June 11, 2021 108

कोरोना संक्रमण भएपछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका थिए । आज उनले कोरोना जितेर हस्पिटलबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी हुदा उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गायक श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनी अब घरमै स्वास्थ्य लाभ गर्नेछन् । उनि पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका हुन् । यसैबीच, बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई विदाइ गर्ने क्रममा उनकै लोकप्रिय गीतहरु गाएर सम्मान व्यक्त गरेका छन् ।

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपालका प्रस्तोता तथा निर्माता सुशिल नेपालले उनको अस्पतालबाट विदा भैरहेको भिडियो फेसबुकमा अपलोड गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले गायक श्रेष्ठका दुई लोकप्रिय गीतहरु बितेका कुराले र हुँ यात्री एउटा गाएर विदा गरेका हुन् । ह्विलचेयरमा बसेर अभिभावद गर्दै अस्पतालको क्याबिनबाट बाहिरिँदै गर्दा गायक श्रेष्ठलाई स्वास्थकर्मीहरुले खादा लगाएर बिदाई गरेका थिए ।

गाईघाट । सोमबार विहान कालो भेष्ट, कालो हाफ पेन्ट, कालो जुत्ता, पहेलो हेलमेट र मास्क लगाएर साईकलिङ्ग गर्दै मदन भण्डारी राजमार्गको असारी तर्फ हिडेका व्यक्तिले अगाडीबाट आउँदै गरेको पल्सर मोटरसाईकललाई भने-‘ए भाई गाडी रोक’ मोटर साईकल चालकले नसुने जसरी अगाडी बढ्न खोजेपछि साईकल चढ्ने व्यक्तिले चिच्याउदै पुनः भने-‘ए भाई गाडी रोक भनेको, सुनेनौ ?’

त्यसपछि मोटरसाईकल रोकियो । साईकलवालाले फेरी प्रश्न गर्‍यो -‘निषेधाज्ञामा किन गाडी हाकेको, पास छ ?’ मोटरसाईलवाला पनि के कम, जाबो साईकलवालालाई ढाडस दिदै भन्यो-‘म स्टाप हुँ,के को पास न सास’ साईकलवाला मोटर साईकलवाला व्यक्ति हरु बादविवाद गरिरहेको बेला संचार सेट बोकेका अर्का एक व्यक्ति भने रोडको छेउमा फोनमा व्यस्त थिए ।

त्यती बेला नै प्रहरी निरिक्षकको कमाण्डमा एक टोली प्रहरी आई पुग्यो। साईकलवालाले आदेश दियो यो मोटरसाईकल र मान्छे नियन्त्रणमा लिनु। त्यसपछि मोटर साईकलवाला अलि हच्कियो । साईकलवालाले मोटर साईकलवालाई आफ्नो परिचयपत्र देखाउन आदेश दिए । तर मोटर साईकलवालाले परिचयपत्र देखाउन मानेनन् । त्यती बेलै साईकलबाले गोजीबाट फोन झिकी मोवाईलमा फोन डायल गर्यो ।

‘हेलो के छ खबर, कता हो ?’ ‘यहाँ, तपाईको मान्छेले मलाई हप्कायो, फौ’जीको मान्छे यस्तो नहुनु पर्ने हो, सेनाको भुपु भन्छ । मोटर साईकलमा हिडेको छ ।’ भनेर रिपोटिङ्ग हुन्छ । उताबाट ‘त्यसलाई पक्रेर राख्नु’ भन्ने आदेश आउँछ । साईकल वालाले फोनमा बोलेका व्यक्ति अरु कोही नभएर रण शाल्दुल गण बोक्सेका गणपति रहेछन ।

साईकलमा चढेर निषेधाज्ञा अनुगमन गर्न निस्किएका उदयपुर जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल गाईघाट गणका गणपति सुधिर सुवेदी थिए । नेपाल प्रहरीका एसपी भिम बहादुर दाहालसँगै साईकल चढेर अनुगमनमा निस्केका सुवेदीलाई एउटा भुपु सिपाइँले नचिनेर नटेर्दा एक छिन सडकमा भिड समेत भएको थियो । मोटर साईकलवालासँगको वादविवाद भई रहदाँ एसपी दाहाल भने रोडको छेउमा कसैसगँ फोनमा व्यस्त थिए ।

विहान प्रहरीका हाकिमसँगै निषेधाज्ञा उल्लघन कर्तासँग वादविवाद भएपछि सोमबार ठाउँ ठाउँमा शसस्त्र र नेपाल प्रहरीले चेक जाँच गरेको थियो। जिल्ला प्रशासन कार्यालयले जेठ २८ गते सम्मको लागि निषेधाज्ञा थप गरेकोछ तर विहान ९ बजे सम्म अतिआवश्यक बस्तु खरिद गर्न दिएको छुटको समयमा निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढि रहेको छ ।

निषेधज्ञा खुकुलो छ, प्रहरी गफमै व्यस्त हुन्छन् । प्रहरीहरुले आफ्नो चिने जानेकोलाई सहजै छोड्ने गरेका छन् भने कसै कसैलाई केरकारमा व्यस्त देखिन्छ । नि’षेधज्ञा खुकुलो भएका कारण अहिले दिन प्रति दिन बजारमा भिडभाड बढ्न थालेको छ । न मुखमा माक्स, पसल पसलमा सेनिटाइजर, न सामाजिक दुरी देखिन्छन् ।

गत वर्षको तुलनमा यस वर्ष निषेधज्ञाको आदेश कागजमै सिमित भएको छ । निषेधज्ञा उलंघन गर्ने सवारी साधनलाई गत वर्ष जरिवाना सहित सवारी साधन नियन्त्रणमा लिएका थिए भने माक्स र निषेधज्ञा उ’लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर घण्टौं को’रो ना भाइरस बारेमा जानकारी गराएका थिए । तर, यस वर्ष त्यस्तो देखिदैन् । गाउँपालिका डटकमवाट

प्रतिकृया दिनुहोस्