Saturday, April 17

नयाँ कोरोना देखिएपछि बेलायतबाट आए २ सय ३५ नेपाली, नयाँ भाइरसको यस्तो छ नेपालमा जोखिम

December 27, 2020 171

कोरोना भाइरस बिभिन्न प्रकारका हुनसक्छन् भनि रहँदा बेलायतमा नयाँ भाइरसले महामारी गरेको छ । यस्तो अवस्थामा बेलायतबाट २ सय ३५ जना नागरिक नेपाल भित्रिएका छन् ।

उनीहरु अहिले निगरानीमा परेका छन् । १४ जना क्वारेन्टाइनमा छन् । उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ÷छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।

नयाँ भाइरस देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्र ति ब न्ध लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको समाचार हामीले आजको अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्