नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । आज ९ सयले घटेको छ । गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
काठमाडौं । प्रदेश १ को आज बिहान बसेको मन्त्रिपरिषद बैठकले आगामी माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
मुख्यमन्त्री राईले शनिवारमात्रै अर्थमत्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । यसैबीच सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।
प्रतिकृया दिनुहोस्