मनोज गजुरेलसंग डिभोर्स भएको तीन वर्ष : ‘डिभोर्स एनिभर्सरी’ मनाउँदै

December 27, 2020 259

विवाहको २३ वर्ष सम्म मैले कहिल्यै म्यारीज एनिभर्सरी मनाउन पाइन । तर अहिले त्यो इच्छा पुरा गर्न नपाएका कारण डिभोर्स एनिभर्सरी मनाउँदै आएकी छन् । सामाजिक सञ्जालमा निकै भाइरल मिना ढकालले सम्बन्ध विच्छेदको तीन वर्षको वार्षिक उत्सव मनाएकी छन् ।

उनले आफु स्वतन्त्र भएको दिनका रुपमा वार्षिकउत्सव मनाउन थालेको बताएकी छन् । उनले मलाई मनलागेको काम गर्न, मन लागेको कुरा बोल्न पाउने वातावरणमा आएका कारण आजको दिनलाई स्वतन्त्रता दिवसका रुपमा लिन चाहन्छु उनले भनिन्, त्यही भएर यसलाई विशेष प्रकारले मनाउन थालेकी हुँ । सामाजिक सञ्जालमा मिना ढकाल निकै सकृय छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका कुराहरुमा मिश्रित प्रतिक्रियाहरु आएपनि उनी निर्धक्क भएर आफ्ना मनका कुराहरु लेख्छिन् । उनी हास्यकलाकार मनोज गजुरेलकी पुर्वपत्नी हुन् । उनीहरुको सम्बन्ध बिच्छेद भएको आज तीन वर्ष पुरा भएको छ । त्यसैको अवसरलाई उनले वार्षिक रुपमा मनाउने गरेकी छन् ।

आज बिहानै मिनाले आफु स्वतन्त्र भएको ३ वर्ष पुरा भएको भन्दै स्टाटस लेखेकी थिइन् । त्यो स्टाटस अहिले भाइरल भइरहेको छ । स्टाटस मात्र हैन आफ्नो डिभोर्स एनिभर्सरी मनाउन उनी आश्रम पुगेकी छिन् । उनले पवित्र समाज सेवा नेपालमा गएर त्यहाँ रहेका बालबालिका तथा युवाहरुसँग समय बिताएकी छिन् । उनले शेयर गरेको भिडियोमा बिभिन्न मिष्ठान्न परिकारहरु दिएर बच्चाहरुसँग रमाएको देख्न सकिन्छ ।

डिभोर्स भएर मानसिक रुपमा समस्या भोगिरहेका, अन्यायमा परेका, आफ्ना आवाज उठाउन नसक्ने, घर भित्र रहेर अन्यायमा परेका महिलाहरुलाई सहयोग गर्ने उद्धेश्यले बिशालाक्षी मानव संरक्षण कुटीको स्थापना समेत गरेको उनले बताएकी छन् । उनी त्यो संस्थाको अध्यक्ष समेत रहेको बताएकी छन् । मीना र मनोजका एक छोरा र एक छोरी छन्

प्रतिकृया दिनुहोस्