श्रीमतीलाई परपुरुषसंग देखेपछि बिरक्तिए अभिनेता दिलिप रायमाझी

December 28, 2020 145

काठमाडौं । अभिनेता दीलिप रायमाझी अभिनित ‘लाख बिन्ति’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म निर्देशक राजु अधिकारीको निर्देशन रहेको भिडियोमा दीलिपको अलवा बिन्दिया शाही, निक शर्मा, सपनकुमार थापाको समेत अभिनय रहेको छ ।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारीको निर्माणमा तयार भएको हो । हेर्नुस् भिडियो ।

धेरैजसो महिलामा कपाल झर्ने समस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पिरोलेको हुन्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ । केही सरल घरेलु उपाय अपनाएर कपाललाई लामो र स्वस्थ बनाउन सकिन्छ । ती उपायहरू यसप्रकार छन

कपाल बढाउन आलुको रस

कपालको लागि ताजा आलुको रस तयार पार्नुभन्दा पहिले एउटा आलुको बोक्रा तास्नुपर्छ । त्यसपछि आलुलाई मसिनो टुक्रामा काटी ब्लेन्डरमा मिक्स गर्नुपर्छ । यसरी तयार भएको पेस्ट अलि बाक्लो भयो भने त्यसमा पानी पनि मिसाउन सकिन्छ । आलुको रस र आलुको टुक्रालाई छुट्याउन मलमलको कपडामा राखेर छान्नुपर्छ । यसरी छानेर आएको रसलाई कपालमा लगाउन सकिन्छ । तर होस गर्नुपर्ने कुरा के हो भने हरेक पटक प्रयोग गर्न आलुको ताजा रस नै चाहिन्छ ।

आलुको रस लगाउने तरिका

कपाललाई लामो र बाक्लो बनाउन आलुको रसलाई विस्तारै कपालको जरासम्म पुर्‍याउन मालिस गर्दै लगाउने र बचेको रसलाई कपालमा लगाउनु पर्छ । त्यसपछि सावर क्यापले कपाल छोप्नुपर्छ । २० देखि २५ मिनेटपछि कपाललाई सफा पानीले धुनुपर्छ । कपाल लामो बनाउन यो प्रक्रियालाई सातामा एक पटक गर्नु आवश्यक हुन्छ । यस प्रक्रियाले कपाललाई बढाउनुका साथै चमकदार पनि बनाउँछ । यो उपाय अपनाउँदा कपालमा प्याज लगाए जस्तो नराम्रो गन्ध पनि आउँदैन । त्यसका लागि सफा पानिले राम्ररी धुनुपर्छ

प्रतिकृया दिनुहोस्