Saturday, April 17

सलमान खानको बर्थडे केक काट्न पुगे भुवन केसि, सुष्मा कार्की र प्रशान्त तामाङ

December 28, 2020 222

ईटहरी/ बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५५ औ जन्मोत्सव मनाए । उनले नजिकका साथी र आफन्तसँग आफ्नो फार्म हाउसमा जन्मदिन मनाएका छन् । यता विङ्ङ ह्युमन क्लोथिङ्ग नेपाले बलिउड नायक एवंम सामाजिक कार्यमा संलग्न सलमानको जन्मदिनको अवसरमा आइतबार दरबारमार्गस्थित किङ्स् लाउन्जमा जन्मदिन विशेष कार्यक्रम गरेको छ ।

जहाँ नेपाली सेलिब्रेटिहरु पनि देखिए । प्रशान्त तामाङ, भुवन केसि र शुस्मा कार्कि विशेष निम्तो सहित सलमान खानको जन्मदीन केक काट्न त्यहा पुगेका हुन् । ३ जनाले नै मिलिमिली खानको जन्मदिन केक काटे । २ वर्ष अघि सुष्मा लन्डन जादा सलमान संगको भेटमा खिचिएको फोटो बर्थडे सेलिब्रेसन पार्टिमा समेत ठूलो स्कृनमा देखाईएको थियो ।

सलमानले लगभग २७ वर्षदेखि फिल्म उद्योगमा काम गरीरहेका छन् भने १ सय भन्दा धेरै फिल्महरुमा काम गरेका छन् । सलमान खानको पुरा नाम अबदुल रसिद सलिम सलमान खान हो । उनको जन्म डिसेम्बर २७, १९६५ मा इन्दोर, मध्य प्रदेशमा भएको थियो । उनी फिल्म अभिनेतामात्रै नभई उनले निर्माता, सामयिक गायक र टेलिभिजन व्यक्तित्वका रुपमा पनि चिनिएका छन् । भारतमा कोरोना लकडाउनको समयमा अभिनेताले २५ हजार फिल्म मजदुरलाई आर्थिक सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्