Thursday, December 2

बाहिर निस्केको पेटलाई भित्र पसाउन चाहानुहुन्छ ? अपनाउनुस् यी ७ सजिला घरेलु उपाय !

June 11, 2021 589

काठमाडौँ । आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं ।

निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छस्
१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी, आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।

२. गहँुको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।

३ दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।

४.मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।

५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।

६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।

७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।

काठमाडौँ । हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ।

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो। मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ।

यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी गराउदैछौ।

आईतबार
आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन्। यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन्।

आइतबार जन्मिने महिला दान(पुण्य गर्ने र निकै चलाख हुनेछन्। यस दिन जन्मेका व्यक्तिहरु सौन्दर्यलाई मन पराउने भएकाले धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । यिनीहरुको बढी रिसाउने बानी भएपनि धेरै मान्छेहरुको विश्वासको पात्र मानिने गर्छन।

सोमबार
यस दिन जन्मेका व्यक्तिहरु पनि उत्तिकै भाग्यमानी हुन्छन। यी व्यक्तिहरुमा स्मरण तेज एकदमै बढी हुने गर्छ। सोमबार जन्मिने व्यक्तिहरु बोलीमा निकै मिठासपन पाउन सकिन्छ।

यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन्।

यस दिन जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन्। तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ।

बिहीबार
बिहिबार जन्म भएका व्यक्तिहरु निकै मेधावी, शान्त र समझदार हुने गर्दछन्। उनीहरु निकै विध्वान र पराक्रमी पनि हुने गर्छन।

यिनीहरुको ३० वर्ष उमेर नाघे पछि भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ। बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन्।

यी व्यक्तिहरुमा नेतृत्व गर्ने गुण हुने भएकाले जुनसुकै क्षेत्रमा काम गरेपनि उच्च पद हाँसिल गर्ने अवसर मिल्नेछ ।

शुक्रबार

शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ।

उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन।

शुक्रबार जन्म भएका व्यक्तिहरुले गरेका हरेक कामको नतिजा ढिलो आउने भएपनि सकारात्मक हुने गर्छ।

प्रतिकृया दिनुहोस्