Thursday, April 22

लक्ष्मी भगवानको मूर्ति ४ वर्षको वच्चाको पेटबाट निकालियो

November 17, 2020 170

काठमाडौँ । तपाईको घरमा साना सानाा नानी छन् भने विशेष ख्याल गर्नुहोस् है । वच्चाले भेटेको कुरा निलिदिन्छन् । खाइदिनसक्छन् ।

जुन कुरा तपाई हामीले सामान्य समयमा थाहा नपाउन सक्छौँ र वच्चाले कुनै चिजबिज निलिसकेपछि वा दुर्घटना भएपछि थाहा पाउँदा ढिलो भइसकेको हुनसक्छ ।

जसको पछिल्लो उदाहरणको भारतको कर्नाटकको रायचुर शहरको । जहाँ ४ वर्षका बच्चाको पेटबाट लक्ष्मी मूर्ति निक्लिएको छ ।

परिवारलाई दिएको लक्ष्मीको सानो मूर्ति ४ वर्षका वच्चाले निलेपछि केही बेर घरमा हल्लिखल्ली नै मच्चियो । मूर्ति निलेको केही घण्टामा वच्चालाई अस्पताल भर्ना गरेर मूर्ति निकालियो ।

डाक्टरले इन्डोस्कोपी गरेर बच्चाको पेटबाट मूर्ति निकालेपछि आफन्तहरु ढुक्क भए । डाक्टरले मूर्ति सानो भएकोले आन्द्रासम्म नपुगेकोले भाग्यले बाँचेको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्