Friday, April 23

बढुवाको खुशीमा एसएसपीले किनेको मिठाइमा नङ फेला परेपछि आँगन स्वीट्समा प्रहरी छापा

December 29, 2020 115

काठमाडौं । सोमबार अपरान्ह बढुवा सिफारिसमा परेका एसएसपी डा. देवबहादुर बोहराले आँगन स्वीट्समा मिठाइ किने । उनी हिजो मात्र डीआइजी बढुवा सिफारिस भएका थिए । यो खुशियालीमा बाँड्न भनेर मिठाई किन्न उनका सहयोगीलाई आँगन पठाए ।

आँगनबाट खरिद गरेको मिठाईमा मानिसको नङ फेला पर्यो । बबरमहलस्थित मानव बेचविखनविरुद्धको व्यूरो प्रमुख रहेका एसएसपी बोहराले तत्काल महानगरीय प्रहरी परिसर काठमाडौंलाई मिठाइमा नङ भेटिएको जानकारी गराए । तत्काल काठमाडौं प्रहरी टोली पुगेर आँगन स्वीट्समा छापा मार्यो ।

कमलपोखरीमा रहेको आँगन स्विट्समा प्रहरीले छापा मार्दै एक जना सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

आँगनमा प्रहरीले मुचुल्कासमेत उठाइसकेको छ । यसबारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले थप अनुसन्धान गर्ने काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्