मोडेल निशा घिमिरेलाई भारतीय चलचित्र जगतले पनि सहयोग गर्नु पर्छ भन्दै पत्रकार पौडेल यसरी उठाए आवाज (भिडियो सहित)
काठमाडौ । दुर्घटनामा परेर निकै दर्दनाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्दार भएको छ । उनले उपचार पाउने भएकी छन् । नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिँदै घरवाट उद्दार गरेको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उद्दार गरेकी हुन् ।
सामाजिक सजाल र समाचारहरुमा मेघाको अवस्था देखेपछि उनले उद्दार गरेको बताएकी छन् । तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ देखिएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नसकिने भएकी छन् । उनका आफन्तलाई समेत चिन्न मुस्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मांसपेशीहरु पनि निकै दर्दनाक अवस्थाको छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।
इटहरी / नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन मरणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ ।जस्मा उनी मन्द मुस्कुराईरहेको महसुस गर्न सकिन्छ । उनको यस्तो अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकि प्रबन्ध निर्देशक मेघा चौधरीले नि:शुल्क उपचारको जिम्मा लिएकी थिइन् । गएको तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी मोडल निशा घिमिरे गम्भीर घाइते भएकी थिइन् । आर्थिक अभावका कारण शरीर अस्थिपन्जरमा परिणत हुँदै गएपछि अहिले भने उनको उपचार सुरु भएको छ । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
मिडियामा उनको दर्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन समाजसेवी समेत रहेकी चौधरीले उद्धार गरेकी हुन् ।दुर्घटनापछि उनको भारतमै उपचार हुँदै थियो तर उपचार महङ्गो र आर्थिक अभाव झन झन बढ्दै गएपछि बुबाआमाले उनलाई नेपालमै ल्याएका थिए ।
घरमै अर्धचेत अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्ष भैसक्यो ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
प्रतिकृया दिनुहोस्