Friday, April 23

कोरोनाले गर्दा अहिले लाइसेन्स परीक्षा अत्यन्तै सजिलो; यसरी दिनुहोस् तरिकासहित

December 30, 2020 300

कोरोनाले रोकिएको लाइसेन्स परीक्षा सातै प्रदेशमा खुल्यो, यसरी दिनुहोस् आवेदन [ तरिकासहित ]
काठमाडौ । कोरोना भइरस (कोभिड–१९) महामारीको कारण बन्द भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा खुला भएको छ । परीक्षाका लागि अनलाइन आवेदन दिन सकिन्छ । फारम खुला ९ महिनापछि भएको हो ।

अरु सरकारी काम अगाडि नै खुले पनि प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वय हुन नसक्दा आवेदन खुल्न ढिलो भएको हो। यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी मंगलबारदेखि आवदेन खुला गरेको हो।

सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ। अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने। त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने। अनलाइन फारम भर्ने तरिका यहाँ सिक्नुहोस् ।

आवेदन दिने तरिका समेत हामीले तल अपलोड गरेका छौ । सम्बन्धित सबैका लागि अति आवश्यक जानकारी आफुले लिइसकेपछि अरुका लागि सेयर गर्न नभुल्नुहोला ।

प्रतिकृया दिनुहोस्