Thursday, May 6

साउथका सुपरस्टार राम चरण तेजा भए लक्षण बिनाको कोरोना संक्रमित

December 30, 2020 418

एजेन्सी । साउथ इंडियन फिल्म इंडस्ट्रीका सुपरस्टार राम चरण तेजा कोरोना संक्रमित भएका छन् । उनी कोरोना संक्रमित भएको कुरा उनले आफै सोशल मिडियामार्फत जानकारी गरएका छन् । कोरोना संक्रमित भए लगत्तै उनले आफुलाई होम क्वारेन्टाईनमा राखेको कुरा पनि जानकारी गराएका छन् । यसका साथै उनले पछिल्लो केही समयसम्म आफुसंगै रहेका सबैलाई कोरोना जाँच गराउन पनि अपिल गरेका छन् ।

आफु कोरोना संक्रमितको भएको कुरालाई शेयर गर्दै उनले लेखेका छन्,‘मेरो कोभिड टेस्ट पोजेटिभ आएको छ । अहिले त कुनै प्रकारको लक्षण देखिएको छैन । तर म आफ्नै घरमा क्वारेन्टाईनमा बसेको छु । आशा गर्दछु कि म यो रोगबाट चाँडै नै निको हुनेछु र अझैं बलियो भएर काममा फर्कने छु ।’ यस्का साथै उनले अगाडी लेखेका छन्,‘जोकोही पनि बितेको केही दिनहरुमा मसंग सम्पर्कमा हुनुहुन्थ्यो तपाईँ सबैले आफ्नो कोरोना टेस्ट गराउनु होला । यो मेरो अनुरोध हो । मेरो रिकवरीको जानकारी म चाँडै नै दिने छु ।’

जानकारीकालागी भनिदिंउँ यस अघिपनि राम चरणका बाबु चिरञ्जीवीलाई पनि कोरोना भएको थियो । उनका बाबुले कोरोना जीतेका छन् । बलिउडमा उनी र उनका परिवार मात्रै नभई धेरै कलाकारहरु कोरोना संक्रमित भएका छन् । केहीले कोरोनालाई जीतेका छन् भने केहीले कोरोनासंग हार मानेर यो संसारबाटै बिदा लिएका पनि छन् ।

प्रतिकृया दिनुहोस्