Sunday, April 11

प्युठानमा रहस्यमय घटना ! १० महिने शिशु सहित आमाबाबुले गरे देह’त्याग (भिडियो हेर्नुस्)

December 30, 2020 165

काठमाडौ । प्युठानमा रहस्यम घटना भएको छ । एकै परिवारका ३ जनाको मृ’त्यु भएको हो । १० महिनाको शिशु सहित आमाबुवाले देह त्याग गरेको प्रारम्भिक जानकारी आएको भएपनि घटनाको वास्तविकता अझै खुलेको छैन ।

आमा र १० महिनाको छोरा संगै पा’सो’मा देखिएका थिए भने बुवाले हामफालेका हुन् । श्रीमती र छोरा मृ’त भेटिएको घटनास्थलमा मोटरसाइकलमा जाँदै गर्दा श्रीमान् पनि मोटरसाइकलवाटै हाम फाले ।

यो प्युठान जिल्लाको नौबहीनीगाउँपालिका वडा नं २ को लिगा भन्ने ठाउँमा भएको घटना हो । उनीहरुको प्रेम विवाह भएको थियो । सानै उमेरमा ९ कक्षामा पढ्दै गरेको बेलामा उनीहरुले विवाह गरेका थिए ।

लकडाउनकै समयमा युवकले एसइइ दिएका थिए । युवक कहिले काँहि विरामी हुन्थे । तीन चार पटक जिल्ला अस्पतालमा उपचार पनि गराइएको थियो । तर विरामी के हो भन्ने गाउँलेलाई थाहा छैन ।

घरमा पाहुना आएका थिए । पाहुनालाई राम्रैसंग खाना खुवाएका उनीहरु हाँसीखुसी नै थिए । तर अचानक केही बेरमै तीन जनाकै निधन भएको खबरले गाउँले पनि छक्क परेका छन् । वेलुका साँझ साढे ५ वजेतिर घटना भएको हो ।

त्यो दिन पनि युवक अलि विरामी नै थिए । पाहुनाहरु खाना खाएर घरवाट निस्कँदा उनी सागसंग खाना खाइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्