Sunday, December 5

१२ देखि १५ वर्ष उमेरका बालबालिकालाई संक्रमण विरुद्धको खोप दिन सुरु

June 13, 2021 304

जेरूसेलम । इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई संक्रमण विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्

सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो ।

पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो ।

इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो ।काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका अडियो-भिडियोलाई पनि यूट्युवरले छ’ताछु’ल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लि’पसिं’क गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झु’ ‘ण्डि’एको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।

माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले त’नावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्र’ताडि’त गर्ने गरिएको बहिनी सजनीको आरोप छ । श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मा’नसि’क समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औ’ष’धि से’व’न गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै स’वि’ता मा’नसि’क त’ना’वकाे समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै वि’क्षि’प्त अ’वस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’बाँकि भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्