धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको पोखरीमा डुबेर मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
यो पनि:काठमाडौ । देशका ७५ जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी असार १ देखि हेरफेर गर्ने सरकारको तयारी छ ।मोडालिटी हेरफेर भएपनि तत्काल सवारीसाधन नचल्ने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन् ।सवारीसाधनलाई भने तत्काल खुला नगरिने प्रवक्ता दाहालले बताए ।अहिलेको समय कृषि र खेतीपातीको समय भएकोले त्यसैलाई मध्यनजर राखी निषेधाज्ञाको मोडालिटी बनाइने प्रवक्ता दाहालको भनाइ छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सवारीसाधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने कुनै तयारी नभएको उनले बताए ।आर्थिक गतिविधि सञ्चालन गर्न सहजीकरण गर्ने भन्ने कुरा आइरहँदा प्रवक्ता दाहालले शहर बजारमा व्यापार–व्यवसाय पनि अहिले नै सञ्चालन नहुने बताए ।निषेधाज्ञा जारी भएकाले संख्यात्मक हिसावले थोरै कोरोना संक्रमण घटे पनि उल्लेख्य घटिसकेको छैन । जनस्वास्थ्य विज्ञले असारमा झन् बढी कोरोना संक्रमण फैलिने अनुमान गरेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको प्रवक्ता दाहालको भनाइ छ ।अघिल्लो वर्षको जस्तो पूर्ण लकडाउन नभएकोले जनजीवन पूर्णरुपमा प्रभावित भएको अवस्था नभएको उनको दाबी छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्