Sunday, April 11

अनुष्काले बताइन् कसरी लुकाइन् आफ्नो गर्भावस्था, के छ अबको योजना

December 31, 2020 200

अनुष्काले बताइन् कसरी लुकाइन् आफ्नो गर्भावस्था, के छ अबको योजना
बलिउड नायिका अनुष्का शर्मा र विराट कोहली चाँडै नै आमा–बुवा बन्ने तयारीमा छन् । अनुष्का आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो बेबी बम्पसहितको तस्बिर साझा गर्छिन् । हालै उनले एक म्यागजिनसँग आफ्नो गर्भावस्था र आफ्नो बच्चाका लागिग उनको योजनाबारे कुराकानी गरेकी छिन् ।

अनुष्काले भनिन्, ‘एक तरिकाले यो महामारी भिन्न तरिकाले आशीर्वाद नै भयो हाम्रो लागि । विराट पूरा समय मसँग थिए र मैले यसलाई लुकाउन सफल भएँ ।’
उनले थपिन्, ‘हामी डाक्टरलाई भेट्नका लागि मात्रै बाहिर निस्कने गर्दथ्यौं । सडकमा कोही पनि हुँदैनथे, कसैले हामीलाई रोक्ने, प्रश्न सोध्ने गर्दैनथे ।’

उनले गर्भावस्थाको सुरुवाती समय स्मरण गर्दै भनिन्, ‘गर्भावस्थाको सुरुवाती दिनमा म बुलबुलको प्रोमोशनको क्रममा एक जूम भेटघाटमा थिएँ । मलाई अचानक असहज महसुस भयो । त्यसपछि मैले तुरुन्त भिडियो कल काटिदिएँ र उक्त भेटघाटमा सरिक भएका भाइ कर्णेशलाई मेसेज गरेर जानकारी दिएँ
आफू स्टुडियोको सेटमा हुँदा अरुले यसबारे थाहा पाएको हुनसक्ने अनुष्काले अनुमान गरेकी छिन् । बलिउड नायिका अनुष्का शर्मा र विराट कोहली चाँडै नै आमा–बुवा बन्ने तयारीमा छन् । अनुष्का आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो बेबी बम्पसहितको तस्बिर साझा गर्छिन् । हालै उनले एक म्यागजिनसँग आफ्नो गर्भावस्था र आफ्नो बच्चाका लागिग उनको योजनाबारे कुराकानी गरेकी छिन् ।

अनुष्काले भनिन्, ‘एक तरिकाले यो महामारी भिन्न तरिकाले आशीर्वाद नै भयो हाम्रो लागि । विराट पूरा समय मसँग थिए र मैले यसलाई लुकाउन सफल भएँ ।’
उनले थपिन्, ‘हामी डाक्टरलाई भेट्नका लागि मात्रै बाहिर निस्कने गर्दथ्यौं । सडकमा कोही पनि हुँदैनथे, कसैले हामीलाई रोक्ने, प्रश्न सोध्ने गर्दैनथे ।’

उनले गर्भावस्थाको सुरुवाती समय स्मरण गर्दै भनिन्, ‘गर्भावस्थाको सुरुवाती दिनमा म बुलबुलको प्रोमोशनको क्रममा एक जूम भेटघाटमा थिएँ । मलाई अचानक असहज महसुस भयो । त्यसपछि मैले तुरुन्त भिडियो कल काटिदिएँ र उक्त भेटघाटमा सरिक भएका भाइ कर्णेशलाई मेसेज गरेर जानकारी दिएँ
आफू स्टुडियोको सेटमा हुँदा अरुले यसबारे थाहा पाएको हुनसक्ने अनुष्काले अनुमान गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्