Saturday, January 22

असार १ गतेदेखि फरक मोडालिटी परिवर्तन गरी निषेधाज्ञा, पसल र सवारी साधन खोल्ने बारे यस्तो छ तयारी

June 13, 2021 428

काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । निषेधाज्ञा लम्ब्याउने तर असार १ देखि फरक मोडालिटी हुने भएको छ ।

स्रोतका अनुसार असार १ पछि निजी सवारी साधन जोर विजोर लागू गरेर सञ्चालन गर्न दिइने छ । त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई लामो समय खुला हुनेछन् । त्यस्तै भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने तयारी छ ।

पार्टी प्यालेस, सिनेमा हल, जिम, फुटसल लगायतका ठुला खेल गतिविधि हुने स्थानहरु बन्द नै रहनेछन् । पार्टी, समारोह लगायतका मानिसहरु अत्याधिक जम्मा हुनसक्ने कार्यक्रमहरुलाई सानो संख्या निर्धारण गरेर मात्रै खुल्ला गर्न दिने तयारी गरिएको छ ।

होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड तोकेर दिने या नदिनेमा छलफल चलिरहेको छ । असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ ।

निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौं’, प्रजिअ पराजुलीले भने । पछिल्लो पटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

काठमाडौं, जेठ ३० । काठमाडौंमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने ३३ वर्षीय रामचन्द्र त्रिपाठी ‘रोहन’को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते – जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ

प्रतिकृया दिनुहोस्