Friday, April 23

सडकले घर मिच्यो कि घरले सडक मिच्यो

December 31, 2020 242

काठमाडौं उपत्यकामा विभिन्न स्थानहरुमा सडक बढाउने क्रममा घरमाथि डोजर चल्न थालेपछि केही व्यक्तिहरु प्रश्न गर्न थालेका छन् । सडकले घर मिच्यो कि घरले सडक मिच्यो ।

पीडित व्यक्तिहरुका अनुसार उनीहरुको पुर्खाले त्यहाँ घर बनाउँदा न त त्यहाँ सडक थियो न त सडकपेटी नै ।

विस्तारै शहरमा मानिसहरुको जनघनत्व बढ्दै गएपछि सडक बन्यो उक्त सडकको लागि पेटी बन्यो । हुँदै हुँदै सडकको चौडाई कम भएको बन्दै सडक फराकिलो पार्न थालियो । फलस्वरुप त्यहाँ बनेका घरहरुमा डोजर चल्न थाल्यो ।

त्यहाँ सडक बन्नुभन्दा अगाडी बनेका घरहरुले सडक मिचेका हुन् कि पछि बनेको सडकले उनीहरुको घर वा आँगन मिचेको हो ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ता फेसबुकमा लेख्छन् ।

मेरो पुर्खाले यहाँ घर बनाँउदा न त यहाँ सडक थियो न त पेटी , पछी सडक बन्यो , सडकलाई पेटी आबश्यक भएकोले मेरो घरको घाम ताप्ने , बालबालिका खेल्ने , धान सुकाउने आँगन पेटीमा परिणत भयो , चुपचाप बसें । पछी शहरमा बाहिरको मानिसहरुको चाप बढ्यो , सडक साँघुरो भयो रे , उनिहरुको सुबिधाको लागी सडक फराकिलो गर्नु पर्ने भयो रे । सरकारले मेरो घर नै पर्ने गरी सडक मापदण्ड तोकिदियो , अब मैले सडक मिचेर घर बनाँए रे ।

अब भन्नुस सडक बन्नु भन्दा अगाडी बनेको घरले सडक मिच्यो कि पछी बनेको सडकले मेरो घर र आँगन मिच्यो ? तैपनी म सहेर बसें । अब हुँदा हुंदा सर्वच्च अदालतमा बिचारधीन रहेको र सरकारको नाममा रोकादेश भएको मुद्दामा सरकारले बर्दिधारिहरु तैनाथ गरी दिनडाहाडै मेरो घरमा दोजर लगाँउदा हामी निरिही जनता पिडित भयौं कि भएनौ ? यो कानुनी राज्यको उपहास हो कि हैन ?

प्रतिकृया दिनुहोस्