Sunday, July 25

काठमाडौं आउँदै गरेका प्रकाश को घटनास्थलमै ज्यान गयो

June 13, 2021 443

धादिङ । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो ।

आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् ।

जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’

उनका अनुसार मृतक कार चालकका २ जना नाबालक छोरा छन् । अभिभावक नै गुमिसकेकाले उनीहरूलाई हुर्काउन तथा पढाउन आर्थिक समस्या देखिने भएपछि पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् ।

उनीहरूले ३० लाख रुपैयाँ दिन आग्रह गरेका छन् । तर यसबारे टिपरचालक, प्रहरी, टिपर धनीले बेवास्ता गरेको मृतकका दाइ अधिकारीले बताए ।

काठमाडौ । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।

घटनास्थलमा केही शंकास्पद वस्तु पनि फेला परेका छन् । उनका आफन्तहरुले घटना रहस्यमय भएको बताएका छन् । भक्तवहादुर कोइराला सेजलको ठूलोवुवाले ५ वजे घटना भएको र ८ वजे प्रशासनले जानकारी पाएको भन्ने बारेमा आफुहरुले ९ वजे मात्र थाहा पाएको बताएका छन् । आफुले सेजलालाई एकै पटक अस्पतालमा फेला पारेको बताएका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ । साथै प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भै रहेको जनाएको छ ।

सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बे(होस अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

उनलाई तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको सेजलाका साथीहरुले बताएका छन् । घटनालगत्तै सेजलाका अभिभावक इलामबाट दमक पुगेका थिए ।

सेजलाको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा आफन्तले जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ । सेजलाको शव प्रहरीले नभएर अन्य केही युवाहरुले अस्पताल लगेको आफुहरुले जानकारी पाएको भन्दै युवतीको ठूलोवुवाले घटना रहस्यम भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्